काठमाडौँ – श्रीलंकामा इमर्जिङ टिम्स एसिया कपमा सहभागीता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।


ADVERTISEMENT


बिहीवार स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।


ADVERTISEMENT

# # #


स्वदेश फर्किएपछि राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले राम्रो अनुभव हासिल भएको बताए । अहिले नेपाली टीमले व्याटिङमा ध्यान दिनुपर्ने देखिएको उनको भनाइ छ ।

इमर्जिङ कप सकिएपछि नेपालले १५ दिन श्रीलङ्कामा तयारी गरेको थियो । जहाँ नेपालले स्थानीय टिमसँग ४ वटा अभ्यास खेल खेलेको थियो । पछिल्लो अनुभवले आगामी एसिया कपमा धेरै मद्दत पुग्ने उनको भनाइ छ ।