काठमाडौं-अफ्रिकन युनियन एयुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको विवादास्पद अभिव्यक्तिमा माफी माग्नु पर्ने बताएको छ ।


ADVERTISEMENT


संयुक्त राज्य अमेरिकास्थित एयु नियोगले विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिप्रति आक्रोश प्रकट गर्दै तत्काल माफी माग्नुपर्ने माग गरेको हो ।


ADVERTISEMENT

# # #


आप्रवासनबारे एउटा बैठकमा ट्रम्पले हैटी लगायतका अफ्रिकन मुलुकका आप्रबासीलाई अशिष्ट र अपशब्द प्रयोग गरेका थिए । विविधता र व्यक्तिको स्वाभिमानलाई सम्मान गर्ने अमेरिकी मान्यता विपरित राष्ट्रपति ट्रम्पले अफ्रिकी मुलुक र नागरिकको अपमान गरेको एयुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति ट्रम्पले अफ्रिकन मुलुकप्रति राखेको धारण र बुझाई अत्यतै गलत भएको भन्दै एयुले आपत्ति जनाएको छ । ट्रम्पको पछिल्लो टिप्पणीलाई लिएर संयुक्त राष्ट्रसंघको मानव अधिकार निकाय सहित अन्तर्राष्ट्रिय जगतमा चर्को आलोचना भइरहेको बीबीसीले उल्लेख गरेको छ ।

मानव अधिकार निकायले ट्रम्पको अभिव्यक्तिले स्तब्ध पारेको र सो अत्यन्तै लज्जास्पद भएको जनाएको छ । यद्यपी राष्ट्रपति ट्रम्पले भने आफूले अशिष्ट भाषा प्रयोग गरेको भन्ने आरोपको खण्डन गरेका छन् ।