काठमाडौं-अमेरिकाको हवाई प्रान्तमा मिशाइल आक्रमणसम्बन्धी गलत सन्देश प्रवाह हुँदा स्थानीयमा त्रास फैलिएको छ ।


ADVERTISEMENT


मोबाइलमा एकाएक प्रवाह भएको सन्देशमा ब्यालेस्टिक मिशाइल आक्रमण हुन लागेकाले घरबाट बाहिर ननिस्कन र बाहिर भएपनि सुरक्षित रहन सचेत गराइएको थियो ।


ADVERTISEMENT

# # #


सन्देश प्रवाह भएसँगै सर्वसाधारणमा त्रास फैलिएको बीबीसीले उल्लेख गरेको छ । टेलिभिजन रेडियोले पनि घर भित्रै बस्ने सन्देश दिदै आफ्ना प्रशारणहरू बन्द गरेका थिए ।

तर केहीबेरमा सो सन्देश गलत भनी पुष्टि भएको थियो । सोलगत्तै हवाई राज्यका गभर्नर डेभिड इगेइले एकजना कर्मचारीले आफ्नो काम सकिने बेला गलत बटन थिचेकोले गलत सूचना गएको भन्दै माफी मागेका थिए ।

यसबारे सरकारले अनुसन्धान थाल्ने अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।