काठमाडौँ– भारतका स्थल सेनाध्यक्ष विपिन रावत नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केका छन्।


ADVERTISEMENT


उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले बिदाइ गरे।


ADVERTISEMENT

# # #


राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणमा नेपाल भ्रमणमा आएका सेनाध्यक्ष रावतलाई नेपाली मानार्थ महारथीको दज्र्यानी प्रदान गरेकी थिइन्। नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष रावतले प्रधानमन्त्री, रक्षामन्त्री तथा प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गरेका थिए।

सेनाध्यक्ष रावतको भ्रमणले दुई देशबीच रहँदै आएको सौहाद्रपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् विस्तार गर्न थप मद्दत पुर्याएको नेपाली सेनाले विश्वास लिएको छ