काठमाडौँ – पूर्वयुवराज पारस शाह अस्वस्थ भएका छन् । मुटुसम्बन्धी समस्या देखिएपछि पारस शुक्रबार काठमाडौँको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन् ।
पारसको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । यद्दपि उनलाई २४ घण्टा अस्पतालको रेखदेखमा राख्नुपर्ने भएको छ ।
पारस अस्वस्थ भए पछि उनलाई भेट्न पारिवारिक सदस्य अस्पताल पुगेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पारसकी पत्नी पूर्वयुवराज्ञी अस्पताल पुगेका हुन् । उनीहरुलाई ह्याम्स अस्पतालका अध्यक्ष डा. आरएस भण्डारी र स्वास्थ्यकर्मीले स्वागत गरेका छन् ।