काठमाडौँ – ह्याम्स अस्पतालमा उपचार गर्न आउने निःसन्तान दम्पतीमध्ये करिब ८५ प्रतिशत दम्पतीहरुले विभिन्न विशिष्टिकृत सेवाद्वारा गर्भ धारण गरेर सन्तान प्राप्ती गर्न सफल भएका छन् ।
अत्याधुनिक सुविधासहित उपचार गराउँदै आएको ह्याम्सले स्पतालका अनुसार निःसन्तान दम्पतीको सन्ताम प्राप्तीमा विभिन्न विशिष्टिकृत सेवामार्फत गर्भ धारण गरेर सन्तान प्राप्तीमा उल्लेख्य सफलता हात पारेको हो ।
अस्पतालले विभिन्न विशिष्टिकृत सेवा पश्चात पनि सन्तान प्राप्त नभएका दम्पतीका लागि आई.भी.एफ. (टेस्ट ट्युव बेबी) सेवा सुरु गरेको थियो । अस्पतालले नेपालमा सुपरिचित वरिष्ठ स्त्रीरोग विशेषज्ञ एवं आई भी एफ का विज्ञ प्रा. डा. भोला रिजालको नेतृत्वमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा. डा. पदमराज पन्तसहितका विज्ञ चिकित्सकहरुको सामूहिक प्रयासमा यो सेवा सुरु गरेको थियो ।
यो सेवाले निःसन्तान तथा सन्तान प्राप्तीको अभिलाषा राखेका दम्पतीहरुलाई सन्तान सुख दिन सक्षम भएको हो । यो सेवा मार्फत लाभान्वित भएर दुई जोडी माता–पिताले शिशु लाभ गर्नु समेत सफल भएको अस्पतालले जनाएको छ । ह्याम्सको आई.भी.एफ. सेवाबाट गर्भवती भएपश्चात अमेरिका पुगेका एक जोडीले अमेरिकामा नै जुम्ल्याहा पुत्रलाभ गर्न सफल भएको अस्पतालले जनाएको छ ।
वर्षौंको प्रयास पछि पनि सन्तान सुखबाट विमुख उनीहरुले नेपालमा आएर अस्तापलका विज्ञ चिकित्सकबामट सोव लिएका थिए । विकसित देशमा निकै महंगो मानिएको यो सेवा नेपालमा भने सोही गुणस्तरमा सेवा सस्तो र भरपर्दो देखिएको भन्दै उनीहरुले ह्याम्सको प्रशंसा गरेको अस्पतालको भनाई छ ।
यस्तै कामका लागि विदेश जानुपूर्व सन्तान प्रातीको ईच्छा राखेर अर्का दम्पत्तीले ह्याम्सको आई.भी. एफसेवा लिएका थिए । उनीहरुले पनि सन्तान प्राप्ती गरेका छन् । अर्न्तराष्ट्रिय ख्याति समेत आर्जन गरेका नेपाली वरिष्ठ चिकित्सकको निगरानी तथा कुशल नेतृत्वमा सुरु भएको गुणस्तरीय र सुलभ आई.भी.एफ. सेवाले मूर्तरुप लिएको भन्दै ह्याम्स अस्पतालले खुसी समेत व्यक्त गरेको छ । साथै अस्पतालले आई.भी.एफ. सेवालाई भविष्यमा थप पहुंच योग्य र सुलभ बनाउनुका साथै विश्वस्तरीय गुणस्तर कायम गरेर अनगिन्ती निःसन्तान तथा सन्तान प्राप्तीको अभिलाषा राख्ने दम्पत्तीलाई सेवा प्रदान गर्न प्रतिवद्ध रहेको जनाएको छ ।
नेपालमा नेपालमा विवाहित दम्पत्तीमध्ये करीब १५ प्रतिशत निःसन्तान हुने गरेको तथ्याङ्क छ । जसमध्ये कयौँले राम्रो उपचार र सेवा नपाएका कारण सन्तान प्राप्तीको चाहना पूरा नसकिरहेका बेला ह्याम्सको आई.भी.एफ. सेवा प्रभावकारी हुने चिकित्सक बताउँछन् ।