काठमाडौँ— सत्तारुढ नेकपा माओवादी केन्द्रको तीन महिने अभियान शनिबारदेखि सुरु भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा एक साथ ‘जनतासँग माओवादीः विशेष रूपान्तरण अभियान’ को उद्घाटन गरेका छन् ।
औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुँदैछ ।यो अभियानअन्तर्गत पार्टीका सबै शीर्ष नेताहरू समेत वडावडामा पुग्ने कार्यक्रम तय भएको छ । यसक्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्ड काठमाडौं घट्टेडाँडाको कार्यक्रममा जाने छन् ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर हरिसिद्धीको कार्यक्रममा सहभागी हुनेछन् । सबै पदाधिकारी जाने घडाहरू तोकिएको छ । अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने माओवादीको योजना छ । माओवादीले यो अभियानलाई आफूहरूको अन्तिम परीक्षा भएको बताएको छ ।