काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी संघीयताको पक्षमा रहेको बताएका छन् । सप्तरीको राजविराजमा शनिबार पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले रास्वपा संघीयताको पक्षमा रहेको बताएका हुन् ।


ADVERTISEMENT


सभापति लामिछानेले भने,‘हाम्रो पार्टी वर्तमान शासन व्यवस्था विरोधी होइन,हामीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट मुख्यमन्त्री बनाउनुपर्छ भन्दा प्रादेशिक संरचना व्यवस्थाको विरोधी होकी भन्ने लागेको हुनसक्छ तर यस्तो होइन म स्पष्ट पार्न चाहन्छु ।’


ADVERTISEMENT

# # #


आमनागरिक व्यवस्थासँग जोडिएको छ कि छैन भन्ने कुराको खोजी गर्न जरुरी रहेको उल्लेख गर्दै उनले प्रादेशिक संरचना राजनीतिक भर्ती केन्द्र नभई नागरिकलाई सेवा दिने खालको बन्नुपर्ने बताए ।

सभापति लामिछानेले आफ्नो पार्टी निमुखा जनताको अधिकारको लागि अगाडि बढेर काम गर्ने विश्वास व्यक्त गरे ।