बाग्लुङ— राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाग्लुङ खण्ड पहिरोले अवरुद्ध भएको छ । शनिबार राति परेको वर्षाका कारण आइतबार बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो ।


ADVERTISEMENT


सडक अवरुद्ध भएसँगै जिल्लाका दक्षिण क्षेत्रका सबै स्थानीय तह र छिमेकी जिल्ला पर्वत, गुल्मीसँग सडक सम्पर्क टुटेको छ । उक्त खण्डमा पहिरो खसेपछि सवारी चल्न नसकेको ट्राफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले बताए ।


ADVERTISEMENT

# # #


कालीगण्डकी करिडोरको मालढुंगाबाट बलेवा खण्डअन्तर्गत बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको उनले जानकारी दिए ।

बाग्लुङ नगरपालिकाले सडक खुलाउने प्रयास भने गरिरहेको छ ।