काठमाडौँ– संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि सम्पन्न भएको छ । उनलाई पशुपति आर्यघाटमा हिन्दू र लिम्बू संस्कारअनुसार छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका हुन् ।
उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा तथा एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर सम्मानसहित अन्तिम बिदाई गरे ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विशिष्ट व्यक्तिहरुले नेम्वाङलाई श्रद्धाञ्जलि व्यक्त गरे। राजकीय सम्मानका साथ अन्त्येष्टिका लागि नेम्वाङको निवास बालुवाटारबाट शवयात्रा आर्यघाट ल्याइएको थियो ।
प्रधानमन्त्री तथा शीर्ष नेताहरुले नेम्वाङलाई पशुपतिमा अन्तिम बिदाई गर्दै गर्दाको पल तस्बिरमा