काठमाडौं-प्रदेश मुकाम तोक्ने विषयमा सरकार मन्त्रीहरुबीच विवाद भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रदेश प्रमुखका साथै प्रदेश मुकाम समेत तोक्ने कुरा उठेपछि मन्त्रीहरुबीच विवाद भएको हो ।


ADVERTISEMENT


मन्त्रीहरुले आफ्नो अनुकूलको स्थानलाई प्रदेश मुकाम बनाउनु पर्ने भन्दै बैठकमा धारणा राखेपछि केहिबेर चर्काचर्की समेत हुन पुगेको थियो । प्रदेश प्रमुखको विषयमा खासै विवाद नदेखिएपनि मुकाम तोक्ने विषयमा विवाद देखिएपछि बैठक ३ बजेसम्मको लागि स्थगित गरिएको एक मन्त्रीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यो बीचको समयमा थप गृहकार्य गरेर प्रदेश प्रमुख र मुकाम तोक्न प्रयास गरिने ति मन्त्रीको भनाई छ ।

प्रदेश प्रमुखको नियुक्ति नहुँदा निर्वाचन आयोगले मतपरिणाम घोषणा गर्न सकेको छैन । यस्तै प्रदेश सांसदहरुले सपथ नलिई राष्ट्रियसभाको निर्वाचन गर्न समेत संवैधानिक रुपमा अड्चन रहेको छ । आयोग झन्डै तीनसाता यता सरकारको निर्णयको परखाइमा रहेको छ ।