काठमाडौं-भक्तपुरमा माटो व्यवसायमा संलग्न एक व्यवसायीको शव फेला परेको छ । माटो व्यवसायी चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको शव फेला परेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर भक्तपुरले हत्या भएको आशंकामा तीनजनालाई पक्राउ गरेको छ । बिहान ५ बजे सैंजूको शव भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी परिसर भक्तपुरका प्रमुख नायव प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढुंगाले हानेर हत्या गरेको आशंका गरेको छ । मृतकको टाउकोको पछाडि गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएर घटनाको थप अनुसन्धान सुरु गरेको उनको भनाइ थियो ।