काठमाडौं-प्रदेश नंं १ को राजधानी बनाउन माग गर्दै आन्दोलनकारीले बुधबार क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालबन्दी गरेका छन् ।


ADVERTISEMENT


आज बिहान तालाबन्दी गर्न गएका आन्दोलनकारीलाई गेटबाहिरै रोक्न खोजेपछि प्रहरीसँग घम्साघम्सी हुँदा धनकुटा नगरपालिका वडा नंं ६ का जेशिस श्रेष्ठ घाइते भएका छन् । टाउकोमा चोट लागेका श्रेष्ठको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको छ ।


ADVERTISEMENT

# # #


प्रदेससभा सांसद निरन राई र ईन्द्रमणी पराजुलीको नेतृत्वमा गएको आन्दोलनकारीको टोलीले क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गरेका हुन्। करीब एकसय जनाको समुहमा गएका आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालय अगाडी धर्ना दिईरहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठुलो समुह परिचालन गरिएको छ।

आन्दोलनकारीले क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह विरुद्ध नाराबाजी समेत गरेका छन् । क्षेत्रीय प्रशासक सिंहले धनकुटामा सर्वपक्षिय बैठक नबोलाई धनकुटामा भौतिक पुर्वाधार कमजोर रहेको प्रतिवेदन सरकारलाई पेस गरेको आरोप धनकुटाबासीले लगाउदै आएका छन् ।

त्यसैगरी प्रदेश राजधानीको माग गर्दै सडकमा उत्रेका जिल्लाबासीको आन्दोलनमा एैक्यबद्धता जनाउदै धनकुटाका सवै सरकारी र नीजि विद्यालय बन्द गरिएको छ । राजधानी माग गर्दै धनकुटा बजार र कोसी राजमार्गमा यातायात विहानै देखि बन्द भएको छ । यातायात बन्दको क्रममा संखुवासभाबाट धरान जाँदै गरेको एक मोटरसाईकल आन्दोलनकारीले तोेडफोड गरेको धनकुटा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले बताए ।

बुधबार मन्त्रिपरिषद बैठक बस्छ, त्यो बैठकले प्रदेस प्रमुख र राजधानीको टुंगो लगाउने सम्भावना भएकाले दवाव दिन आम हड्ताल गरेको संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए । प्रादेसिक राजधानीको माग गर्दै धनकुटाबासीले ३४ दिन देखि निरन्तर आन्दोलन गरिरहेका छन् ।