काठमाडौँ — हिन्दु नारीहरुले सोमबार हरितालिका तीज मनाउँदैछन् । हरेक वर्ष भाद्र महिनाको शुक्लपक्षको तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ ।


ADVERTISEMENT


सत्ययुगमा हिमालय पुत्री पार्वतीले आजको दिन निराहार व्रत बसी महादेव पति पाउने वरदान पाएकीले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।


ADVERTISEMENT

# # #


महादेव स्वामी पाउने पार्वतीको इच्छा विपरीत पिता हिमालयले उनको विवाह विष्णुसँग गरिदिन खोजेपछि सखीहरुलाई समस्या सुनाउँदा उनलाई हरण गरी लुकाएर राखेको धर्मशास्त्रमा उल्लेख पाइन्छ । सखीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी भाद्र शुक्ल तृतीयाको दिन महादेवलाई प्राप्त गरेको र त्यही समयदेखि हरितालिका तीजको व्रतको प्रचलन शुरु भएको मान्यता छ ।

नारीहरुले तीजमा नाचगान गरेर रामरमाइलो पनि गर्छन् ।