काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको साझा उपलब्धि र गौरवको साझा दिवस रहेको भन्दै वर्तमान संविधान नै नेपाली जनताको भविष्यको गोरेटो भएको बताएका छन् ।


ADVERTISEMENT


बुधबार संविधान दिवस (राष्ट्रिय दिवस) २०८० को विशेष अवसरमा एमालेद्वारा नक्साल नारायण चौरमा आयोजित ‘राष्ट्रिय झण्डासँग सेल्फी’ कार्यक्रममा ओलीले राष्ट्रिय दिवसको रुपमा मनाइँदै गरेको संविधान नेपाल र नेपाली जनताको उपलब्धि भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘जसरी राष्ट्रिय दिवसको रुपमा संविधान मनाइँरहेका छौ‌ँ। यो सरकारी दिवस होइन यो त सरकारको पनि दिवस हो,आम नेपाली जनताको दिवस हो । नेपालको उपलब्धि हो । नेपाली जनताको उपलब्धि हो । नेपालको भविष्यको गोरेटो हो यो संविधान ।’

ओलीले संविधान कुनै एक वर्ग,जाति, भूगोल विशेषको मात्र नभएर मेची महाकालीदेखि विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा गौरवको विषय भएको बताए ।

‘यो दिवस एउटा पार्टी विशेषको दिवस होइन । एउटा विचार,जाति,भूगोल,पेसा व्यवसाय विशेषको दिवस होइन यो त सम्पूर्ण नेपाली जनता मेची महाकालीदेखि प्रवासमा जहाँ भएपनि नेपाली जनताको साझा उपलब्धिको साझा दिवस हो । साझा गौरवको साझा दिवस हो । सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस हो’, ओलीले भने ।