काठमाडौँ —  नेपाल शिक्षक महासंघको आयोजनामा आज ११ बजेदेखि सुरु हुने आन्दोलनका लागि देशभरका शिक्षक तथा कर्मचारी काठमाडौंको माइतीघरमा भेला हुँदैछन् ।


ADVERTISEMENT


सरकारले संसदमा दर्ता गरेको शिक्षक विधेयकविरुद्ध महासंघले आन्दोलन घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले ७७ वटै जिल्लाबाट शिक्षक र विद्यालय कर्मचारी माइतीघर आउँदै गरेको जानकारी दिए । उनका अनुसार कतिपय शिक्षक र कर्मचारीहरु अहिले यात्रामा छन् ।

विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरुको सवालमा ध्यान दिन नसकेको महासंघको आरोप छ ।

त्यस्तै अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा समेत विधेयकले कुनै सम्बोधन गर्न नसकेको महासंघको बुझाई छ । शिक्षकको नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहलाई भूमिका दिदा मनोमानी हुने र शिक्षकमाथि ज्यादती हुने भएकाले शिक्षकको नियुक्ति, सरुवा, बढुवा लगाएतको भूमिका जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केहि भूमिका प्रदेश तहमार्फत राखिनुपर्ने महासंघको माग छ ।

शिक्षा मन्त्रालयले पत्र काटेरै वार्तामा बोलाए पनि शिक्षक महासंघ वार्तामा बस्न मानेको छैन । शिक्षा विधेयक शिक्षक कर्मचारीमैत्री नभएको भन्दै महासंघले सच्याउन माग गरेको छ ।