काठमाडौं – एमाले माओवादी संयुक्त कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा दुई पार्टीवीचको भागवण्डा मिलाएको छ । एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागवण्डा मिलेको हो ।


ADVERTISEMENT


सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले दुई दलबीच सिटहरुको भागवण्डा गरेको हो । कार्यदलले ४३ सिटमा कुरो मिलाएको र अब यसलाई पार्टी एकता संयोजन समितिले अन्तिम टुंगो लगाउने कार्यदलका सुवासचन्द्र नेम्वाङले बताए ।


ADVERTISEMENT

# # #


राष्ट्रिय सभाका ५६ सिटमध्ये १३ वटा सिटमा भने अन्य दलहरुसँग पनि तालमेलपछि निर्णय गरिने नेम्वाङले जानकारी दिएका छन् ।

राष्ट्रियसभाको निर्वाचन आगामी माघ २४ गते हुँदैछ ।