काठमाडौं– बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका अस्थायी केन्द्र तोकेपछि त्यसको विरोधमा प्रदर्शन भएका छन् । सरकारको उक्त निर्णयको विरोधमा धनकुटामा प्रदर्शनसहित क्षेत्रीय प्रशासकसहित प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन भएको छ ।


ADVERTISEMENT


अस्थायी राजधानी आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठका अनुसार सरकारले धनकुटेली जनताको भावना र यसअघि नेताहरुको प्रतिबद्धताविपरित सदरमुकाम तोकिएकाले आन्दोलन थप शसक्त बनाउने बताए ।


ADVERTISEMENT

# # #


सरकारले प्रदेश नंम्बर १ को अस्थायी राजधानी विराटनगरलाई तोकेपछि धनकुटाबासी थप आक्रोशित बनेका हुन् । उनीहरुले प्रदेश नम्बर १ को राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै विगत लामो समयदेखि आन्दोलन गर्दै आएका थिए ।

यता,त्यसैगरी प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीलाई तोकेपछि दाङमा पनि विरोध भएको छ । प्रादेशिक राजधानी सरोकार समितिको बुधबार बसेको बैठकले सरकारको उक्त निर्णयको विरोध गर्दै माघ ३ लाई कालो दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले सरकारको निर्णय विभोदपुर्ण भन्दै अनिश्चितकालिन आमहड्ताल गर्ने तथा सरकारी कामकाज ठप्प पार्ने निर्णय गरेको समितिका सदस्यसचिव सविन प्रियासनले बताए ।