काठमाडौँ– नेपाल आयल निगमले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि मूल्यवृद्धि फिर्ता गरेको छ ।
चाडबाडको समयमा मूल्यवृद्धिले जनतालाई समस्यामा पार्ने विषयलाई मध्यनजर गर्दै आइतबार प्रधानमन्त्री दाहालले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न निर्देशन दिएसंगै निगमले मूल्यवृद्वि फिर्ता लिएको हो ।
यससम्बन्धमा विज्ञप्ति जारी गर्दै निगमले स्वचालित मूल्य प्रणाली यथावत हुने गरी मूल्यवृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय आजै राति १२ बजेबाट लागू हुने गरी फिर्ता गरेको बताएको छ ।
नेपाल आयाल निगमले शनिबार पेट्रोल र डिजलमा प्रतिलिटर रु ६, मट्टितेलमा प्रतिलिटर रु दुई, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु ८ बढाएको थियो । साथै एलपी ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको थियो ।