काठमाडौँ – डिशहोम फाईवरनेटको १ वर्ष रिचार्ज गर्ने ग्राहकहरुले २ वर्षसम्म आफ्नो प्याकेजको ईन्टरनेट चलाउन पाउने भएका छन् । आज (असोज १५ गते १२ बजेदेखी भोलि असोज १६ गते १२ बजे)सम्म १ वर्ष रिचार्ज गर्ने ग्राहकले उक्त अफर पाउने भएका हुन् ।
चीनमा जारी १९औँ संस्करणको एशियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपाल क्वाटरफाईनलमा भोलि नेपाल र भारत भिड्दैछन् । सोही अवसर पारेर डिशहोमले आफ्ना ग्राहकहरुलाई यो अफर प्रदान गरेको हो ।
सेवा सुरुगरेको छोटो अवधिमै ३ लाख सन्तुष्ट ग्राहक बनाउन सफल डिशहोम फाईवरनेटले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय ईनटरनेट सेवालाई प्रदान गर्दै आईरहेको छ ।