कास्की— नेकपा एमाले महासचिव शङ्कर पोखरेलले भ्रष्टाचारविरुद्धको अनुसन्धानमा सरकारलाई सहयोग गर्न पार्टी तयार रहेको बताएका छन् ।
एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको सोमबार पोखरामा उद्घाटन गर्दै उनले एमाले कै दबाबमा सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन भएको दाबी गरे ।
देशमा छाएको आर्थिक मन्दीका कारण उद्योगी तथा व्यवसायी समस्यामा परेर निरुत्साहित हुने अवस्था आएको महासचिव पोखरेलको भनाइ छ । उनले एमाले नेतृत्वमा सरकार छँदा उच्च अङ्कको आर्थिक वृद्धि भएको समेत बताए ।
‘अहिले जनताको जीवन असहज बनेको छ, व्यापार व्यवसाय ठप्प छन् । उद्योगी व्यवसायी सङ्कटमा परेका छन् । सरकारले त्यसतर्फ ध्यान दिएका छैन,’ पोखरेलले भने ।