काठमाडौँ — चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वाटरफाइनलमा मंगलबार नेपालले भारतको सामना गर्दैछ । सोमबार भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।
आजको खेलमा भारतले टस जितेर पहिले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाली टोली समूहगत चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै क्वाटरफाइनलमा पुगेको हो । मंगोलियाविरुद्धको खेलमा नेपालले विभिन्न किर्तिमान समेत बनाएको थियो ।
प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा हङकङले पाकिस्तानको सामना गर्नेछ । त्यो खेल पनि मंगलबार दिउँसो नै खेलिने छ । यसैगरी अर्को क्वाटरफाइनल खेल अफगानिस्तान र श्रीलङ्काबीच हुनेछ । चौथो क्वाटरफाइनल खेल बंगलादेश र मलेसियाबीच भिड्नेछन् । यी दुवै क्वाटरफाइनल खेल बुधबार हुनेछन् ।