काठमाडौँ — चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो ।


ADVERTISEMENT


नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा चार छक्कासहित ३२ र सन्दीप जोराले १२ बलमा ३ छक्कासहित २९ रन बनाए ।


ADVERTISEMENT

# # #


कुशल भुर्तेलले २८, कुशल मल्ल २९ र आसिफ शेखले १० रन बनाए । रोहित पौडेलले ३ रन मात्र जोड्न सके । सोमपाल कामी ७ र गुल्सन झा ६ रन बनाएर आउट भए ।

भारतका रवि विस्नोई र आभेस खानले ३/३ र अर्सदिप सिंहले २ विकेट लिए । नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको थियो ।

टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको थियो । भारतका यसस्वी जैसवाल १ सय रन जोडेर आउट भए ।

उनले ४८ बलमा सतक पूरा गरेका थिए । रुतुराज गाइक्वाडले २५ रन बनाए । रिंकु सिंहले १५ बलमा ३७ रन बनाए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले १/१ विकेट हात पारे । भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । भारतले अन्तिम २ ओभरमा मात्र ३९ रन जोड्यो ।

अविनाश बोहराले २० औँ ओभरमा २५ रन खर्चिएका थिए । अविनाशले ४ ओभरमा ५३ रन दिए । सन्दीपले ३ ओभरमा २८, सोमपालले ४ ओभरमा ३८, कप्तान रोहित पौडेलले ३ ओभरमा २६ र दीपेन्द्रले ४ ओभरमा ३१ रन खर्चिए ।