काठमाडौँ– आउँदै गरेको दशैं–तिहारको मौकामा सामसङ नेपालले ‘रमाइलो दशैं तिहार, मायाले भरौ घर परिवार’ शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ । ४१% सम्मको छुटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरू घर ल्याई यो अफरबाट यस चाडपर्वको मौसममा ग्राहकहरूको घर हर्ष र खुसीयालीले भर्ने उद्देश्य रहेको छ ।


ADVERTISEMENT


यो अफरले सामसङको टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनको आकर्षक रेन्जलाई समावेश गरेको छ, जसमा उत्तिकै आकर्षक क्यासब्याक अफारका साथ सामसङका नयाँ लन्चहरू पनि उपलब्ध छन् । सामसङ १७ वर्षदेखि ग्लोबल नम्बर १ टिभी ब्रान्ड रहेको छ र ग्राहकहरूले क्रिस्टल युएचडी टिभीको अरबौ रङ्गहरू, क्युएलईडी टिभीको नवीनता, फ्रेम टिभीको आकर्षण र सामसङको सबभन्दा नयाँ सि–सिरिज लाइन–अपहरु उत्तिकै आकर्षक अफारका साथ आफ्नो घरमा ल्याउन सक्छन्। ग्राहकहरुले कुनै पनि सामसङको नयाँ टिभी खरिद गर्दा त्यसमा ३ वर्षको वारेन्टी पनि पाउने छन् ।


ADVERTISEMENT

# # #


होम थियेटर एक्सपिरिएन्स अफरको साथ ग्राहकहरूले सामसङको कुनै पनि नयाँ टिभीसँग टि४००, बि४५०, ए४५०, ति४२० र एमएक्स–ति५० लगायत जुन पनि साउण्डबारको खरिद गर्दा बन्डल छुट पाउन सक्ने छन् । ग्राहकहरूले दशैं–तिहारको मौकामा सामसङको नवीनतम टिभी नियो क्युएलईडी टिभी खरिद गर्दा रु.४१,६९० को बि४५० साउण्डबार सित्तैमा पाउने छन् ।

सन् २०२० को ग्लोबल मार्केट सेयर (चीन बाहेक), ओम्डिया स्टडी जुन २०२१ अनुसार विश्वमा ग्लोबल नम्बर १ रेफ्रिजरेटर ब्रान्डको स्थान प्राप्त गरेको सामसङको साथ तपाईँ विश्वस्त हुन सक्नुहुन्छ कि सामसङ रेफ्रिजरेटरहरूले तपाईँको घरहरूमा स्टाइल र सुविधा ल्याउनेछन्। मौसमले आवश्यकता होस् या कुनै पनि खानको आवश्यकतामा डबल डोर वा सिंगल डोर ५–इन–१ कन्भर्टेबल फ्रिजले तपाईँलाई जहिल्यै तयार राख्छ, र साइड–बाई–साइड फ्रिजले तपाईको घरलाई अझ सुविधायुक्त बनाउँछ र यी सबै फ्रिज ग्राहकहरूले आकर्षक क्यासव्यक अफरका साथ पाउन सक्नेछन् ।

एआइ इकोबबल घर ल्याई यसको इन्टेलिजेन्ट वास र पावरफुल क्लीनको कमाल आफ्नै आँखाले हेर्नुहोस्, इकोबबलको फ्रन्ट–लोड र टप–लोडका वाशिङ मेसिनहरूमा रहेको आकर्षक क्यासव्यक अफरको साथमा । यसको साथै कम्पनीले फ्रिजको डीआइटि कम्प्रेसर र वाशिङ मेसिनको डीआइटि मोटरमा २० वर्षको वारेन्टी प्रदान गरेको छ ।

सामसङले आफ्नो यो अफर सबै ग्राहकको लागि सरल बनाउनको लागि झन्झट रहित ०% ब्याज भएको ईएमआइ तथा फ्री इन्सटलेसन जस्ता सुविधा पनि प्रदान गरेको छ । अर्को स्टोरसँगकोे सहकार्य मार्फत ग्राहकहरूले सामसङ प्लाजा गई कुनै पनि उत्पादनहरूमा अपग्रेड गर्दा बेस्ट भ्यालुयसन् अन एक्सचेन्ज सेवाको पनि फाइदा उठाउन सक्ने छन् । मङ्सिर ४, २०८० सम्म रहेको यो अफर नेपालमा सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारले उपलब्ध गराएको हो ।