अमेरिका–अमेरिकामा आर्ट अफ लिभिङ संस्थाको विश्व संस्कृति महोत्सव सम्पन्न भएको छ । संस्थाले वासिङ्टन डिसीस्थित नेशनल मलमा विश्व संस्कृति महोत्सव आयोजना गरेको हो ।


ADVERTISEMENT


महोत्सवलाई सम्बोधन गर्दै संस्थाका संस्थापक रविशंकरले समाजमा सद्भाव र असल काम गर्ने चाहना धेरै रहेको बताए । उनले चुनौतीलाई व्यवहारिक रूपमा स्वीकार गरी राम्रो भविष्यको सपना देख्नुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


‘यस अवसरमा थप खुशी ल्याउने प्रतिबद्धता गरौं र समाजमा खुशी बाढौं । संसारभरी छरिएर रहेका हामी एउटै परिवारका हा’, उनले भने । सरल जीवन यापनका लागि चुनौतीलाई व्यावहारिक रूपमा सामना गर्नुपर्ने उनको भनाई छ ।

महोत्सवको उद्देश्यका बारेमा जानकारी दिदैँ उनले भने, ‘महोत्सवको उद्देश्य भनेकै सम्पूर्ण विश्व एउटै परिवार र हामी सबै आफ्नो भिन्नताका साथ मिलेर बस्न सक्छौं भन्ने सन्देश दिनु हो । समाजका सबै क्षेत्रका मानिसले एकसाथ राम्रो काम गर्न सके विश्वको कल्याण हुन्छ ।’

यस्तै समारोहलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्री एस जयशंकरले जलवायु परिवर्तन र आर्थिक प्रगति जस्ता ठूला विश्वव्यापी चुनौतीलाई एक्लोपनले प्रभावकारी रूपमा सम्बोधन गर्न नसक्ने भएकाले र विश्वलाई एकसाथ अघि ल्याउन सो कार्यक्रम अझ महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । यसैगरि संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुनले यस्ता संस्कृतिले विश्व निर्माणमा पुलको काम गर्नेमा जोड दिए ।

सेप्टेम्बर २९ देखि अक्टोबर १ सम्म सञ्चालित महोत्सवमा विश्वका झण्डै १८० देशका १ लाख भन्दा बढीले सहभागिता जनाएको थियो भने सहभागी मुलुकका १७ हजार कलाकारले आ–आफ्नो देशको कला प्रस्तुत गरेका थिए । नेपालको तर्फबाट पनि २ सय जना कलाकारले आ–आफ्नो प्रस्तुती दिएका थिए ।

धेरै मुलुक सहभागी उक्त महोत्सवमा फिजीका राष्ट्रपति रातु विलियम काटोनिभेरे, सुरिनामका राष्ट्रपति, चान सान्तोखी, संयुक्त राष्ट्र संघका पूर्व महासचिव वानकी मुन, भारतका पूर्व राष्ट्रपति रामनाथ कोविद,उपराष्ट्रपति बेंकैया नायडु, मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ, भारतका विदेशमन्त्री यस जयशंकर, अमेरिकी सिनेटकी पूर्व सभामुख न्यान्सी पेलोसी, लगायत नेपालबाट आर्ट अफ लिभिङका अध्यक्ष सिद्धेश्वर कुमार सिंह, अर्वपति व्यापारी तथा सांसद बिनोद चौधरी, राजेश प्रधान तथा विश्वका बिभिन्न बिधामा ख्याती कमाएका व्यक्तिहरुको बाक्लो उपस्थित रहेको थियो ।