काठमाडौँ– नेशनल सोलार पावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईशी एशिया क्यापिटल नियुक्त भएको छ ।


ADVERTISEMENT


मंगलबार यी दुई संस्थाबीच आईडिया टु आईपिओ सेवा अन्तर्गतको संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित नेशनल सोलार पावर कम्पनीको सर्वसाधारणमा निष्काशन गर्ने प्राथमिक शेयर सर्वसाधारणहरुमा सार्वजनिक निष्कासन गर्न क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


कम्पनीले रु १०० अंकित दरका ७ लाख २४ हजार कित्ताभन्दा बढी साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना रहेको छ । साथै कम्पनीले सोही क्षेत्रमा थप १० मेगावाटको सोलार आयोजना संचालन गर्नको लागि आवश्यक सम्पूर्ण कार्यहरु अन्तिम चरणमा पु¥याएको छ ।

एन आई सी एशिया क्यापिटलले आईडिया टु आईपिओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपिओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।

यस्तै, नेशनल सोलार पावर कम्पनी लिमिटेड सौर्य उर्जा मार्फत उmर्जा क्षेत्रमा क्रान्ती ल्याउने मुख्य उद्देश्यका साथ स्थापना भएको कम्पनी हो । हालसम्मा कम्पनीले नवलपरासी जिल्लाको प्रतापुरमा ५ मेगावाटको सोलार आयोजना सम्पन्न गरी विगत एक वर्ष देखि संचालन गरिरहेको छ ।