काठमाडौँ– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली सेनामा पुर्व लडाकुका लागि नियम दुरुपयोग गर्ने चलखेल अस्वीकार्य रहेको बताएका छन् ।


ADVERTISEMENT


माओवादी पूर्वलडाकु अधिकारीलाई सेनापति बनाउन चलखेल सुरु भएको समाचार बाहिरिएपछि नेता कोइरालाले आइतबार सामाजिक सञ्जालमार्फत नेता कोइरालाले सो धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन’, उनले लेखेका छन् ।

सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने बताउँदै उनले सम्बन्धित निकायहरुलाई सचेत समेत गराएका छन् ।