काठमाडौँ – कुमारी क्यापिटल लिमिटेडले पाचौं वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । पाँचौँ वार्षिकोत्सवको उपलक्ष्यमा क्यापिटलले मंगलबार काठमाडौँको नागपोखरी प्राङ्गणमा “रक्तदान जीवन दान” भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
क्यापिटलले कार्यक्रममा सहभागी भई सहयोग गर्ने सम्पूर्ण रक्तदाताहरु, नेपाल रेडक्रस सोसाइटी तथा काठमाडौँ महानगरपालिका वडा नं. लाई विशेष धन्यवाद व्यक्त गरेको छ । आगामी वर्षहरुमा पनि मानवीय सेवामा साथ र सहयोगको अपेक्षा व्यक्त गरेको छ ।
साथै क्यापिटलले विजयदशमी, शुभदिपावली तथा छठ पर्वको हार्दिक मंगलमय व्यक्त गरेको छ ।