काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को सह-कोषाध्यक्षमा अभिमन्यु बस्नेतले दाबेदारी पेश गरेका छन् । एनआरएनएको नयाँ नेतृत्व चयनका लागि भोलि काठमाडौँमा हुने ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि बस्नेतले सहकोषाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।


ADVERTISEMENT


एनआरएनएको सह-कोषाध्यक्षमा आफ्नो दाबेदारी पेश गर्दै उनले आर्थिक पारदर्शितालाई प्रमुख एजेण्डा बनाएको र एनआरएनएलाई एकताको सूत्रमा बाध्न लाग्ने बताए । उनले भने, ‘म सह-कोषाध्यक्ष भएँ भने आर्थिक पारदर्शिताका साथै सबैले मान्ने, एकताको एनआरएनए बनाउन लाग्नेछु ।’


ADVERTISEMENT

# # #


क्यानडाबाट प्रतिनिधित्व गर्ने उनले एनआरएनएमा आफ्नो यात्रा सन् २०१० देखि सुरु गरेका थिए । उनले सन् २०१३–१५ मा एनआरएनए क्यानडाको उपाध्यक्ष भएका थिए । यस्तै सन् २०१७ र २०१९ मा एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) मेम्बर हुँदै अहिले चार देशको नायब क्षेत्रीय संयोजक रहेका छन् । उनले हाल अमेरिका, क्यानडा, ब्राजिल, चिली गरी चार देश हेरिरहेका छन् ।

एनआरएएमा सक्रिय रहँदै आएका बस्नेतले विभिन्न समयमा प्रभावकारी काम गर्दै आएका छन् । उनले वि.सं २०७२ मा नेपालमा भूकम्प जाँदा क्यानडा सरकारसँग समन्वय गरेर उद्दार टोली र राहत सामग्री पठाएको थिए । यस्तै तराईमा बाढी जाँदा शेष घलेसँगको सहकार्यमा ६ हजार जना बाढी पीडितलाई राहत वितरण गरेको उनले बताए । एनआरएनएको भवनदेखि अन्य क्षेत्रमासमेत आफ्नो संलग्नता रहेको उनको भनाई छ ।

सन् २०१६ मा अफगानिस्तानस्थित क्यानडाको राजदूतावासमा बम विष्फोटमा परी मृत्यु भएका १२ जना नेपाली सुरक्षागार्डको परिवारलाई क्यानडेली सरकारसँग आफूले समन्वय गरेर क्षतिपूर्ति दिलाउने काम समेत उनले गरेका थिए । विभिन्न क्षेत्रमा काम गरेवापत मलाई क्यानडाको सरकारले ‘रिमार्केबल सिटिजन’बाट सम्मानित गरेको छ ।