काठमाडौं-प्रदेश सरकार गठन र पार्टी एकताबारे बाम गठवन्धनका दुई शीर्ष नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आजपनि छलफल हुँदैछ ।


ADVERTISEMENT


राष्ट्रियसभामा साझा उम्मेदवार चयनबारे सहमति गरिसकेका ओली र दाहालले आज प्रदेश सरकारको प्रारम्भिक खाका र पार्टी एकताबारे छलफल गर्न लागेका हुन् । दुई शीर्ष नेताहरुवीच अपरान्ह छलफल हुने भनिएपनि समय र स्थान तय भइनसकेको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन ।


ADVERTISEMENT

# # #


यसअघि हिजो ओली र दाहालबीच भएको वान टु वान वार्तामा राष्ट्रिय सभा निर्वाचनमा ६७ र ३३ प्रतिशतको आधारमा साझा उम्मेद्वार चयन गर्ने सहमति भएको थियो । राष्ट्रियसभामा सहमति भएसँगै अब दुवै दलले आ–आफ्नो भागमा परेका उम्मेदवार चयन गर्ने प्रक्रिया अघि वढाउने कार्यदलका संयोजक एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।

प्रदेश सरकार गठन प्रक्रीयाबारे भने दुई शीर्ष नेताहरुको आजको बैठकले टुङ्गो लगाउने बताइएको छ । प्रदेश सरकार र प्रदेशसभाका मुख्य पदमा कति सिट भागबण्डा गर्ने भन्नेमा दुईदलबीच ठोस सहमति भइसकेको छैन ।