काठमाडौं-निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली आज प्रकाशित गर्ने भएको छ ।माघ २४ का लागि राष्ट्रियसभा सदस्य चुनावको मिति तय गरेको आयोगले प्रदेश सांसद्को शपथपछि मतदाता नामावली सार्वजनिक गर्न लागेको हो ।


ADVERTISEMENT


आइतबार सातवटै प्रदेशका प्रदेश सांसदहरुले शपथ लिँदैछन् । शपथ ग्रहणसकिएपछि नामावली प्रकाशित हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ । ५५० जना प्रदेश सांसद् र ७६६ स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा सांसद् निर्वाचित गर्नेछन् ।


ADVERTISEMENT

# # #


कुल ५९ सदस्यीय राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट ८-८ जना चुनावबाट निर्वाचित हुनेछन् भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।