काठमाडौं-२ नम्बर प्रदेशका प्रदेश सांसदले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार बिहान जनकपुर उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित सपथग्रहण समारोहमा सर्वप्रथम प्रदेश प्रमुख रत्नेश्वरलाला कायस्थले सांसद मध्येका जेष्ठ सदस्य लगनलाल चौधरीलाई सपथ खुवाएका थिए ।


ADVERTISEMENT


त्यसपछि चौधरीले अन्य प्रदेश सांसदलाई सपथग्रहण गराएका हुन् ।


ADVERTISEMENT

# # #


प्रदेश २ मा १०७ जना सांसदले सपथ लिएका छन् सपथग्रहणका क्रममा भाषाको विषयमा केहीबेर विवादसमेत भएको थियो । नेपाली भाषामा तयार गरिएको सपथ सांसदहरुले आ–आफ्नो मातृभाषामा सपथ लिएका थिए । पछि नेपाली भाषामा लेखिएको सपथमा हस्ताक्षर गर्न सांसदहरुले अस्वीकार गरेका थिए ।

त्यसपछि नेपाली भाषाको सपथलाई सबैले आ-आफ्नौ मातृभाषामा लेखेर हस्ताक्षर गरे ।