काठमाडौं – पूर्व डीआईजी नवराज सिलवाल रहेको आशंकामा प्रहरीले ललितपुरको भट्टेडाँडामा करिब १५० प्रहरी परिचालन गरेर खोजी जारी राखेको जनाएको छ ।


ADVERTISEMENT


सिलवालले आफू आफ्नै क्षेत्रमा रहेको धारणा सार्वजनिक गरेपछि प्रहरीले उनको खोजीका लागि आइतबार प्रहरीको ठूलो संख्या ललितपुरका विभिन्न स्थानमा पठाएको स्रोतले जानकारी दिएको छ । प्रहरी स्रोतका अनुसार सिलवाल रहेको आशंकामा करिब डेढ सयको हाराहारीमा प्रहरी परिचालन गरिएको छ ।


ADVERTISEMENT

# # #


“७७ जिल्लाका प्रहरीले खोजी गरेका सिलवाललाई खोजतलास गर्न कुनै विशेष अप्रेशन चलाउनु पर्दैन,” महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी गणेश ऐरले भने, “सिलवाल प्रहरीको खोजीमा छन्, उनलाई हामीले खोजी जारी राखेका छौं ।”