काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ।


ADVERTISEMENT


बैठकले वाम गठबन्धनका राष्ट्रिय सभा उम्मेदवारको प्रदेशगत भागबन्डा अनुमोदन गरेको छ। जसमा, एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेद्वारी दिने टुंगो लगाएको हो।


ADVERTISEMENT

# # #


यसका साथै बैठकले नयाँ सरकार गठन भएलगत्तै सुशासन,समृद्धि र विकास निर्माणका कार्यमा सुझाव दिन कार्यदल गठन गरेको छ। कार्यदल गठनमा स‌ंयोजकमा वामदेव गौतम रहेका छन्।

सदस्यहरू भीमरावल, विजय पौडेल,गिरीराजमणी पोखरेल, वर्षमान पुन, मीनबहादुर श्रेष्ठ रहेका छन्।

बैठकमा पार्टी एकताबारे छलफल भएपनि ठोस कुनै निर्णय नभएको माओवादीका नेता नारायणकाजी श्रेष्ठले बताए। उनले भने ‘दुई नेतृत्वबीच छलफल भएपछि समितिको बैठक बस्ने र संगठनात्मक तथा वैचारिक विषयमा गृहकार्य गर्न कार्यदल बनाउने समझदारी भएको छ।’