काठमाडौँ– एनआईसी एसिया बैंकले आगामी मंसिर ४ गतेदेखि म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ ।
बैंकले प्रतिइकाइ १० रुपैयाँका दरले ‘ग्रोथ फण्ड २’ नामक अर्को ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा निष्काशन गर्न लागेको हो ।
कुल १ अर्ब रुपैयाँ बराबरको यो योजनामा १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँ कोष प्रवर्द्धक एनआईसी एसिया बैंकले लगानी गर्नेछ ।
म्युचुअल फण्डमा सर्वसाधारण लगानीकर्ताले छिटोमा मंसिर ७ गतेसम्म र ढिलोमा १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।