काठमाडौँ– गोदावरी नगरपालिकाले भूकम्प पीडितलाई २५ लाख सहयोग गर्ने घोषणा गरेको छ ।


ADVERTISEMENT


नगरपालिकाले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रवार राति गएको भूकम्पका पिडितलाई २५ लाख सहयोग गर्नेनिर्णय गरेको प्रवक्ता मिलन सिलवालले जानकारी दिएका हुन् । सो रकम जिल्ला दैविक प्रकोप समितिलाई हस्तान्तरण गरिने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


भूकम्प पीडितलाई तत्काल अत्यावश्यक सहयोग चाहिएको महशुस गर्दै यस्तो निर्णय गरिएको नगर प्रमुख गजेन्द्र महर्जनले बताए । यो दुः खको समयमा सबै तहका सरकार, नागरिक र संस्थाहरुले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरी पीडितलाई त्रासबाट मुक्त गराउनु पर्ने उनले सुनाए ।