काठमाडौँ — सत्तारुढ नेकपा माओवादी केन्द्रको मंसिर २२ को सडक सङ्घर्षको कार्यक्रम स्थगित गरेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक सङ्घर्षको कार्यक्रम स्थगित गरिएको बताए ।


ADVERTISEMENT


‘जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरूमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । भूकम्प प्रभावित क्षेत्रमा खटिनु छ । रूपान्तरण अभियानअन्तर्गत काठमाडौंमा गर्न लागिएको जनपरिचालन कार्यक्रम उक्त मितिमा नगर्ने निर्णय गरिएको छ,’ उनले भने ।


ADVERTISEMENT

# # #


सत्तासीन माओवादीले नै सडक सङ्घर्षको कार्यक्रमको घोषणा गरेपनि आलोचना पनि भएको थियो । यस्तै चियापान लगायतका कार्यक्रम पनि तिहारसम्मका लागि स्थगित गरिएको महासचिव गुरुङले बताए । माओवादी केन्द्रले पार्टीको रूपान्तरण अभियान भने जारी राखेको छ ।