काठमाडौं-एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिँदै मोदीले भारत स्वागत गर्न प्रतिक्षारत रहेको बताए । आइतबार ओलीलाई टेलिफोन गर्दै प्रधानमन्त्री मोदीले भावी प्रधानमन्त्रीका रुपमा स्वागत गर्न भारत प्रतिक्षारत रहेको बताएका हुन् ।


ADVERTISEMENT


ओली र मोदीबीच करिब ५ मिनेट टेलिफोन सम्बाद भएको थियो । ‘अध्यक्ष ओलीलाई प्रधानमन्त्री मोदीले भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएका छन् । मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका छन् ।’ ओलीका प्रेस संयोजक चेतन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।


ADVERTISEMENT

# # #


अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उनलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । ‘अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गर्नुभएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री मोदीले अघिल्लो नेपाल भ्रमणमा ती तीर्थ स्थल भ्रमणको इच्छा व्यक्त गरेका थिए । टेलिफोन सम्बादमा अध्यक्ष ओली र प्रधानमन्त्री मोदीबीच अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदानसमेत भएको छ । -आजको नयाँ पत्रिकाबाट