काठमाडौं-राष्ट्रियसभा उम्मेदवारका लागि एमालेका प्रदेश कमिटीले चार गुना नाम सिफारिस गरेका छन् । वाम गठबन्धनले जित्ने निश्चित भएका ४३ सिटमध्ये एमालेको भागका परेको २९ सिटमा तोकिएभन्दा धेरै सिफारिस आएको हो। पूर्व सांसाद् तथा पूर्वमन्त्री समेत सिफरिसमा परेका छन् ।


ADVERTISEMENT


धेरै नाम पठाउँदा उम्मेदवार छनौट गर्न कठिन भएको एमाले सचिव प्रदीप ज्ञवालीले बताए। ‘प्रदेश १ र २ बाट धेरै जनाको सिफारिस भएका छन्। एउटा सिटमा ३ जनाको नाम सिफरिस गर्न भनिएकोमा धेरै आएको छ । मापदण्डभित्र रहेर छनोट गरिने छ,’ उनले भने । उनले स्थायी समिति बैठकले सोमबार प्रदेशबाट सिफारिस नामको टुंगो लगाउने बताए । माघ १० गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।


ADVERTISEMENT

# # #


स्थायी समितिले राष्ट्रियसभा सदस्यका लागि योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत क्षेत्रमा योगदान पुर्याएका तथा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नउठेका तथा समानुपातिक सूचीमा नपरेका, विज्ञ तथा विशेषज्ञ छनौट गर्न प्रदेश कमिटीलाई जिम्मा दिएको थियो ।-आजको अन्नपूर्ण पोस्टबाट