काठमाडौं-राष्ट्रियसभा सदस्य उम्मेदवार चयन र पार्टी एकीकरणबारे छलफल गर्न एमाले स्थायी समिति बैठक आज बस्दैछ ।


ADVERTISEMENT


भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा अपरान्ह बस्ने बैठकका राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन र पार्टी एकीकरणमा भईरहेको प्रगतीबारे छलफल हुने नेताहरुले बताएका छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रियसभा निर्वाचन सम्वन्धमा कार्यदलले दिएको सुझाव प्रतिवदेनलाई बाम एकता संयोजन समितिको हिजो बसेको बैठकले अनुमोदन गरेपछि पार्टीको भागमा परेका उम्मेदवार चयन गर्न स्थायी समिति बैठक बस्न लागेको हो ।

आजको बैठकमा राष्ट्रिय सभा उम्मेदवार चयन मुख्य एजेण्डा भएपनि पार्टी अध्यक्ष केपी ओलीले एकता प्रक्रियाबारे बैठकमा ब्रिफिङ गर्ने स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिएका छन् ।

यसअघि हिजो एकता संयोजन समितिको बैठक बस्नुअघि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच वान टु वान छलफल भएको थियो ।