काठमाडौं-अनेरास्ववियु र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १ स्थित छपकैयामा सीमा मिचिएकोप्रति ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


अनेरास्ववियुका अध्यक्ष नवीना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संयुक्तरुपमा विज्ञप्ती जारी गरी सीमा मिचिएकोप्रति ध्यानाकर्षण भएको बताएका छन् । ‘नेपाली भूमि मिचेर सीमा स्तम्भ गाडेकोमा ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा भनिएको छ ।


ADVERTISEMENT

# # #


स्थलगत अवलोकनका क्रममा ३९१ देखि ३९३ सम्म १३८ फिटको दरले ३ किलोमिटरसम्म ठाउँठाउँमा मिचिएको विज्ञप्तीमा बताइएको छ । हाल भइरहेको सीमा स्तम्भ रोक्न र सुगौलीसन्धी पुनरावलोकन गर्न ध्यानाकर्षण गराइएको अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले जानकारी दिए ।