काठमाडौं-गोरखा निर्वाचन क्षेत्र नम्वर २ का (ख) प्रदेश सभा सांसद प्रकाश चन्द्र दवाडीले आफ्नो तलब भक्ता सबै सामाजिक कार्यमा लगाउने घोषणा गरेका छन् ।


ADVERTISEMENT


सोमबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै सांसद दवाडील आफूले पाउने तलब भत्ता सबै वडाको सामाजिक कार्यमा खर्च गर्ने बताएका हुन् । ‘मैले पाउने सुबिधा, तलब भत्ता मेरो परिवारले उपभोग गर्ने छैन, सबै वडाहरुको विकासमा खर्च गर्छु,’ दवाडीले भने । वडाको शिक्षा, स्वास्थ्य, मोटरबाटो लगायतका क्षेत्रमा रकम खर्च गर्ने उनलेब बताए । ‘हिँजो सपथ खायँ, तलव भत्ता कति हुन्छ भनेर त थाहा छैन जति आउँछ त्यो सबै आफ्नै क्षेत्रमा खर्चन्छु,’ उनले भने ।


ADVERTISEMENT

# # #


आगामी पाँच वर्ष भित्र प्रत्येक वडालाई सडक सञ्लाजले जोड्ने उनले प्रतिबद्धता समेत जनाएका छन् । ‘१२ महिना चल्ने सडक सबै वडामा पुर्याउने मेरो लक्ष्य छ,’ उनले भने । प्रत्येक महिना आफ्नो क्षेत्रमा पुगेर जनताका सुख दुख र विकासका कुरालाई प्राथमिकतामा राख्ने पनि उनको भनाइ छ । अब सामाजिक कार्यसँगै राजनीतिलाई अघि बढाउने उनले बताए ।

त्यस्तै प्रदेश नम्वर ४ को नाम गोरखा प्रदेश राख्न आफ्नो तर्फबाट पहल गर्ने दवाडीको भनाइ छ । ‘अरु साथीहरुसँग पनि छलफल गर्छु, मेरो तर्फबाट गोरखा प्रदेश नामाकरण गर्न सक्दो पहल हुनेछ,’ उनले भने । ऐतिहासिक ठाउँ गोरखा भएकाले नाम गोरखा प्रदेश राख्न गोरखाका अन्य सरोकारवालाले पनि आवाज उठाएका छन् ।