काठमाडौं-धनकुटामा स्थानीय प्रशासनको निषेधाज्ञा र आन्दोलनरत पक्षले आह्वान गरेको आम हड्ताल जारी रहदा जनजीवन थप कष्टकर बनेको छ ।


ADVERTISEMENT


प्रदेश राजधानीको माग गर्दै आन्दोलनमा उत्रिएका सर्वसाधारण प्रदेश नम्बर १ को अस्थायी मुकाम बिराटनगर बनाइएपछि थप आक्रोशित बनी तोडफोड तथा आगजनीमा उत्रिएपछि स्थानीय प्रशासनले गत बिहिबारदेखि निषेधाज्ञा जारी गरेको हो ।


ADVERTISEMENT

# # #


साथै आन्दोलनरत पक्षको बन्द तथा प्रदर्शन जारी रहँदा जिल्लामा यातायात साधन, बजार पसल तथा कलकारखाना ठप्प छन् । जसका कारण हिडडुल गर्न समेत कठिनाई हुनुका साथै अत्यावश्यकीय सामानको अभाव हुन थालेको छ ।

प्रदर्शकारी आज टाउको र हातमा कालोपट्टी बॉधेर सडकमा उत्रिएका छन् । प्रशासनले जारी गरेको निषेधाज्ञा नहटाएसम्म आमहड्ताल कायमै रहने आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले भने जिल्लाको अवस्था सहज भएपछि मात्र फिर्ता गरिने बताए । धनकुटा हुँदै तेह्रथुम, भोजपुर, संखुवासभा लगायत जिल्लाका भित्री सडक मार्गमा समेत यातायात नियमित बन्न सकेको छैन ।