काठमाडौँ – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले जाजरकोट, रुकुम पश्चिम र डोटीका भूकम्प पीडितलाई राहत उपलब्ध गराएको छ । छिमेकले बुधबारसम्म २६३ जना भूकम्प पीडितलाई १६ लाख २४ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।


ADVERTISEMENT


छिमेकका जाजरकोटको नलगाड शाखा, जाजरकोट शाखा, सिम्ली शाखा, रुकुमको चौरजहारी शाखा, खोलागाउँ शाखा र डोटीको गोपघाट शाखाका सदस्यहरूको घरमा मानवीय तथा भौतिक संरचनाको क्षति भएपछि आर्थिक सहायता उपलब्ध गराएको हो ।


ADVERTISEMENT

# # #


छिमेकका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले स्थलगत रूपमा गई उक्त सहयोग वितरण गरेका थिए । साथमा संस्थाका नायब महाप्रबन्धक दिपकनीधि तिवारी, सहायक महाप्रबन्धक दिपक पाण्डे, सामाजिक सुरक्षा तथा ग्राहक संरक्षण विभागका विभागीय प्रमुख तारानाथ महतो, कर्णाली तथा सुदूर पश्चिम प्रदेशका प्रदेश प्रबन्धक उत्तमराज कट्टेल, अनुगमन अधिकृत तथा सम्बन्धित शाखाका शाखा प्रबन्धक र शाखाका कर्मचारी समेत सहभागी रहेका थिए ।

छिमेकले आफ्नो संस्थागन सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किमिसका सामाजिक सेवाहरु गर्दै आएको छ ।