काठमाडौं– द हिडेन ट्रेजर मिस नेपाल २०१८ को आयोजना गर्ने घोषणा गरिएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजक द हिडेन ट्रेजरले मिस नेपाल २०१८ को आयोजना गर्न लागिएको घोषणा गरेको हो ।


ADVERTISEMENT


मीस नेपाल २०१८ का प्रारम्भिक उम्मेदवार देशका ८ प्रमुख शहरहरु बीरगञ्ज, विर्तामोड (नयाँ शहर), धनगडी, धरान, चितवन, पोखरा, बुटवल र नेपालगञ्जबाट फेब्रुवरी ४ देखि १० भित्रमा चयन गरिनेछ ।


ADVERTISEMENT

# # #


यस्तै १७ फेब्रुवरीमा काठमाण्डौमा अन्तिम चरणका उम्मेदवार चयन गरिने छ । तत्पश्चात चयन भएका २० देखि २५ जना उम्मेदवारहरुलाई होटल अन्नपूर्णमा ७ हप्तासम्म वरिष्ठ प्रशिक्षकहरुद्वारा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ ।

उम्मेदवारहरुको उमेर १९ वर्ष देखि २५ वर्ष हुनुपर्ने जनाइएको छ । यस्तै उचाई ५’४’’ वा सो भन्दा बढी हुनुपर्नेछ भने अविवाहित पनि हुनुपर्नेछ । यस्तै नेपाली नागरिकता र पासपोर्ट हुनै पर्ने छ ।

एनआरएन नेपालीले पनि उल्लेखित सर्तहरु पुरा गरे आवेदन दर्ता गर्न सक्ने जनाइएको छ । आवेदन अन्तिम मिति १५ फेब्रुवरीलाई तोकिएको छ ।  प्रतियोगिताको फाइनल अप्रिल ११ मा हुनेछ ।

प्रतियोगिताबाट चयन हुने प्रतिभाशाली युवतीहरुलाई मीस वल्र्ड, मीस युनिभर्स, मीस अर्थ र मीस ईन्टरनेशनल जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिने अवसर प्रदान गरिनेछ ।

प्रतियोगितको प्रायोजक रुसलान एफ एम ९५.२ रहेको छ भने सह–प्रायोजक कलर्स मोबाइल तथा लिभोन रहेका छन् ।