काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार घरेलू टोली भारतलाई ४ विकेटले हराउँदै अष्ट्रेलियाले छैटौँ पटक विश्वकपको ट्रफी उचालेको हो ।


ADVERTISEMENT


भारतको अहेमदावादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर भारतले पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै २४० रन बनायो । २४१ रनको मध्यम चुनौती पच्छ्याउँदै मैदान उत्रिएको अष्ट्रेलियाले ४७ रन बनाउँदा ३ विकेट गुमाए पनि ट्रेविस हेड र मार्नस लाबुछांगेले शानदार ब्याटिङ गरेपछि अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहज जित हात पारेको हो । पहिलो पटक सन् १९८७ मा विश्वकप जितेको अष्ट्रेलियाले १९९९, २००३ र २००७ मा लगातार च्याम्पियन बनेको थियो । यस्तै सन् २०१५ मा उपाधि जित्दै पाँचौँ पटक विश्व च्याम्पियन बनेको थियो ।


ADVERTISEMENT

# # #


अष्ट्रेलियालाई छैटौँ पटक विश्वकपको उपाधि दिलाउने क्रममा यी दुई ब्याटरले चौथो विकेटका लागि १९२ रनको साझेदारी गरे । जुन भारतको हारको कारण बन्यो । जसक्रममा ट्रविस हेडले शतकीय पारी खेले । उनले १२० बलमा १५ चौका र ४ छक्काको मदतमा १३७ रन बनाए । यस्तै लाबुछांगेले ११० बलमा ४ चौका हान्दै नटआउट ५८ रन जोडे । यसअघि मिचेल मार्सले १५ तथा डेविड वार्नर ७ तथा स्टिभन स्मिथ ४ रन बनाएर पेवेलियन फर्किए भने ग्लेन म्याक्सवेल २ रनमा नटआउट रहे । ।

बलिङतर्फ भारतका जस्प्रित बुम्राहले सर्वाधिक २ विकेट लिए भने मोहम्मद शमीका नाममा १ विकेट रह्यो ।

यसअघि केएल राहुल र विराट कोहलीले अर्धशतक हानेपछि भारतले मध्यम स्कोर खडा गर्यो । त्यसक्रममा राहुलले १०७ बलमा १ चौकाको मदतमा ६६ रन बनाए भने कोहलीले ६३ बलमा ४ चौकाको मदतमा ५४ रन बनाए भने कप्तान रोहित शर्मा ३१ बलमा ३ चौका र ४ छक्काको मदतमा ४७ रन बनाएर आउट भए । यस्तै सूर्यकुमार यादव २८ बलमा १ चौकाको मतमा १८ रन बनाए भने कूलदीप यादवले १० रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए । उनले १० ओभरमा ५५ रन खर्चिए । यस्तै जोश हेजलउड र कप्तान प्याट कमिन्सले समान २–२ हात पारे । यस्तै ग्लेन म्याक्सवेल र एदाम ज्याम्पाका नाममा १–१ विकेट रह्यो ।

फाइनल पुग्दासम्म कुनै पनि खेलमा नहारेको भारत अन्तिम खेलमा चुक्दा १२ वर्षपछि विश्वकपको उपाधि उचाल्नबाट वञ्चित भएको हो ।