काठमाडौं– सोमबार अबेर १३ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको नेकपा एमालेले आज थप १६ जना राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउँदैछ । माओवादी केन्द्रसँग राष्ट्रियसभा निर्वाचनमा भएको तालमेल अनुसार एमालेको भागमा २९ उम्मेदवार परेको छ ।


ADVERTISEMENT


जसअनुसार एमालेले आज ४ वटा प्रदेशको राष्ट्रिय सभाका उमेदवारको नामावली टुङग्याउने छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बिहान ११ बजेदेखि बस्ने स्थायी कमिटी बैठकले प्रदेश नम्बर १, २,३ र ४ को राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


हिजोको बैठकले तीन वटा प्रदेशको १३ उम्मेदवारको नाम टुङगो लगाएको थियो । ७ नम्बर प्रदेशबाट ४ जना , ५ नम्बर प्रदेशबाट ५ जना र ४ नम्बर प्रदेशबाट ४ जनाको नाम टुंगो लगाएको हो ।