काठमाडौं – निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने सुटर पक्राउ परेका छन् ।


ADVERTISEMENT


केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सुटर श्याम लामा गुम्बेलाई रुपन्देहीबाट पक्राउ गरेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका एसपी श्याम ज्ञवालीले बताएका छन् ।
गुन्डा नाइके समिरमान सिंह बस्नेतको योजनामा पूर्व सैनिक गुम्वेले गोली चलाएको बयान सिंहले प्रहरीमा दिएको एसपी ज्ञवालीले बताए ।


ADVERTISEMENT

# # #


गएको असोज २३ गते काठमाडौंको बानेश्वरस्थित खरीबोटमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हानी हत्या गरिएको थियो । हत्याका योजनाकार समिरमानलाई प्रहरीले गत मंसीर १७ गते पक्राउ गरी सार्वजनिक गरेको थियो ।