काठमाडौँ– रौतहटको चन्द्रपुर नगरपालिका– ८ को सन्तपुरमा धुर्मुस–सुन्तली फाउन्डेसनको चौथो परियोजनाअन्तर्गत ४७ घर बाढीपीडित दलित समुदायका लागि एकीकृत नमुना सन्तपुर बस्ती निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।


ADVERTISEMENT


नमुना बस्तीको ९० प्रतिशत निर्माण कार्य पूरा भएको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीतारामले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


माघ २४ गते हस्तान्तरण गर्ने भनिए पनि काम तीव्र रुपमा भइरहेकाले माघ २१ गते नै बस्ती हस्तान्तरण हुँदैछ । बस्तीका लागि ५ करोड ९५ लाख लागत अनुमान गरिए पनि अझैँ रकम पुगेको छैन । लागत अनुमान अनुसार अहिले पनि झण्डै १ करोड ३० लाख जति रकम अभाव देखिएको छ । बस्ती निर्माण गरिरहेको धुर्मससुन्तली फाउन्डेसनले सहयोगका लागि पनि अपिल गरेको छ ।

 फोटो : सिताराम कट्टेलको फेसबुकबाट