काठमाडौँ – राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले आज हुने युवा–विद्यार्थीले गर्ने प्रदर्शनमा २५,३० हजारको संख्यामा सहभागी हुने बताएका छन् ।युवा संघले राखेको कार्यक्रम स्थल तीनकुनेमा बिहीबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थेवेले आफ्नो कार्यक्रम शान्तिपूर्ण हुने भन्दै कार्यक्रमका लागि उपत्यका बाहिरबाट कोही पनि मान्छे नल्याएको बताए ।
‘आज हामीले जनप्रदर्शन गरेका छैनौ, आमसभा गरेका छैनौ, आज हामी राज्यको अकर्मण्यताविरुद्ध विरोध प्रदर्शन गर्दै छौ’, अध्यक्ष थेवेले भने,‘यो प्रदर्शन नेपाल र नेपाली जनताका लागि, राष्ट्र र राष्ट्रियताका लागि, सुशासन र सामाजिक न्यायका लागि, महँगी र मूल्यवृद्धि नियन्त्रणका लागि हो ।’
उनले सरकारलाई सही ट्याकमा ल्याउन युवा विद्यार्थीले विरोध प्रदर्शन गर्न लागेको बताए । कार्यक्रममा उपत्यकामा रहेका आफ्ना कार्यकर्ताहरू स्वतःस्फूर्त रूपमा सहभागी हुने उनको भनाइ छ । उनले २५,३० हजार मानिस कार्यक्रममा सहभागी हुने दाबी समेत गरे ।